प्रकाश सपूतले ‘गलबन्दी’ गाउँदा बुर्तिबाङमा उर्लियो जनसागर, सबैले गरे प्रकाशको यतिधेरै तारिफ



२३ जेठ २०७६, काठमाडौँ

यतिबेला सर्वाधिक चर्चामा रहेको गीत हो गलबन्दी । १० दिनअघि युट्युबमा सार्वजनिक गरिएको गीतले यतिबेला बजारमा तहल्का मच्चाइरहेको छ । प्रकाश सपूतको शब्द संगीतमा प्रकाश सपूत र शान्ति श्री परियारको आवाज रहेको गलबन्दी गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । यो गीतले यस गीतका कलाकारलाई पनि निकै उचाईमा पुर्याइदिएको छ ।

यस्तै यसै गीतका गायक प्रकाश सपूत यतिबेला देशका विभिन्न कार्यक्रममा निकै व्यस्त छन् । यस्तै प्रकाशले केहीदिन अघिमात्र बर्तिबाङमा लाइभ प्रस्तुती दिएका थिए । प्रकाश स्टेज चढ्ने बित्तिकै त्यहाँको माहोल नै परिवर्तन भएको थियो । प्रकाशले गलबन्दी गाउँदा उनको लागि निकै हुटिङ आएको थियो । उनलाई हेर्नको लागि पुरा जनसागर नै उर्लिएको थियो । प्रकाशले पनि दर्शकका लागि निकै उत्साहका साथ प्रस्तुती दिइरहेका थिए । सबैले उनको निकै तारिफ पनि गरे ।

प्रतिक्रिया दिनुहोस्