दमको चिनारीः यो रोग लाग्नुको कारण र सावधानीको उपायहरु जान्नुहोस् !



१९ जेष्ठ २०७६, काठमाडौं

हरेका मानिसको पहिलो ईच्छा हुँदो हो त, आफु स्वस्थ्य रहेर हाँसी खुशी जिउँने….

तर, अक्सर यो कमैमा हुने कुरा हो, जो जीन्दगीभर स्वस्थ्य रहोस् ।

यहिँ क्रममा मान्छेलाई विभिन्न रोगहरु लाग्न सक्छ ।

त्यसो त, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नु नदिनु नै बुद्धिमान हो भनेर पनि भनिन्छ । तर, यो पनि विरलै नै हुन्छन् ।

मानिसले दिनहुँ विभिन्न क्रियालापहरु गरिरहेको हुन्छ, जसले मासिनलाई स्वस्थ्य राख्न मद्दत गर्छ त, त्यसबाटै अनेकन किसिमका रोगहरु पनि लागिरहेको हुन्छ ।

जसमध्येको धेरै मानिसहरुलाई सताउने एक रोग हो, ‘दम’ !

‘दम’को बारेमा आज हामीले काठमाडौंस्थित ‘सेचेन हस्पिटल’का दम रोगका डा. राज दत्तसँग केही ज्ञानवद्र्धक कुराहरु पस्केका छौं ।

पछिल्लो समय दमको समस्य दिनप्रतिदिन बढ्दै गईरहेको देखिन्छ ।

रोगको चिनारीः

यो रोग फोक्सोमा देखिने एक प्रकारको जिर्ण रोग हो ।

यसले फोक्सोको मांशपेशीहरु खुम्च्याई श्वासप्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसहरुलाई सास फेर्नमा अप्ठयारो बनाउँछ ।

त्यस्तै खोकी लाग्ने, सास बढि भई छाती कस्सिने आदि समस्याहरु आउँछन् ।

रोग लाग्नुमा राजः

धुमपान !

यो रोग लाग्नुमा धुमपानको प्रमुख भूमिका रहन्छ । जसले बढि धुमपान गर्छ, त्यसलाई सिधै रोग लाग्न सक्ने डा. दत्त बताउँछन् ।

उनी भन्छन्, “स्वयं उसले नै धुमपान नगरे पनि साथीहरुले गरेको धुवाँ सेवनले पनि लाग्न सक्छ ।”जसले लामो समयदेखि धुमपान गरिरहेको हुन्छ, त्यो मान्छे ढिलो–चाँडो दमको शिकार बन्नैपर्छ ।

लक्षण:

एकदमै सामान्य काम गरे पनि सास फन गार्हो हुने, खोकी लाग्ने, ओठमुख निलो हुने, खोकीले गर्दा निन्द्रामा अवरोध हुने, बारम्बार खोकीको अनुभव हुने, खोकी लाग्दा पनि प्रायः राती लाग्ने, सास फेर्दा सिटी बजेजस्तो हुनेजस्ता लक्षणहरु देखा पर्न सक्छ ।

दमकोे टार्गेटेड उमेर समूहः

“उमेरसँग दमको कुनै सम्बन्ध हुँदैन ।” डा. दत्त भन्छन् । यो कुनै पनि उमेरमा हुन सक्छ । ३० बर्षभन्दा मुनिकालाई प्रायः एलर्जीका कारण हुन सक्छ ।

त्यस्तै ३० बर्षभन्दा माथिकालाई वातावरणमा बहनु धुलोको कणहरुले गर्दा हुन सक्छ ।

त्यसैगरी बुढापाकालाई चुरोट, बिडी, हुक्का तथा भान्साका धुवाँधुलो चिसो हावा र भावनात्मक तनावले पनि दम हुन सक्छ ।

दमबाट सुरक्षितः

दम पूर्ण रुपमा कहिल्यै निको हुँदैन । तर, यसलाई केही हदसम्म न्यूनीकरण भने गर्न अवश्य सकिन्छ ।

तसर्थः दमबाट बच्नको लागि प्रदूषणयुक्त वातावरणमा कम घुलमिल हुने, धुमपान नगर्ने, धुमपानसँग नाता गसिएका साथीहरुबाट टाढा रहने, तथा अत्य त्यस्तै क्रियाकलापहरुबाट टाढा रहने गर्नुपर्दछ ।

साथै चिसोबाट टाढै बस्नुपर्दछ । जाडो समयमा दम रोग झन बढी मात्रमा बढ्छ त्यसैले आफु बस्ने घरलाई न्यानो बनाएर बस्ने र फ्रिजमा राखिएको खानेकुरा कहिल्यै खानु हँदैन ।

सावधानी

जाडोमा चिसो तथा फ्रिजमा सित्याईएको वस्तुहरु सेवन नगर्ने, र कोल्ड ड्रिङ्क नपिउने,

रुघा खोकी वा सासको समस्या आएमा डाक्टरकहाँ जचाइहाल्ने, घरपालुवा जनावरबाट टाढा रहने, त्यस्तै घरपालुवा जनावरलाई लाई सातैपिच्छे नुहाइदिने, एलर्जीको परीक्षण गराउने धूमपान नगर्ने, भए ठाउँ नजाने एयरटाइट गद्दा, बक्स स्प्रिङ र सिरान उपयोग नगर्ने करेसाबारी वा पातको थुप्रोमा काम नगर्ने, नखेल्ने भीडभाड भएको ठाउँमा नजाने राति हलुका खाना खाने ।

नोटः (समाज विकसित बन्न तपाई एउटाबाट सुरु हुन्छ) त्यसैले हामी कसैले धुमपान नगरौं, यत्ति लतलाई छुट्याउनै नसकि गर्नै पनि भएमा भीडबाट टाढा रहेर गरौं !

प्रतिक्रिया दिनुहोस्