वडाध्यक्षद्वारा पत्रकार अक्षयकोष स्थापना



०४ जेठ २०७६, काठमाडौं

टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका लागि रु ५० हजार ५५५ नगद राशिको पर्यटन पत्रकारिता अक्षयकोष स्थापना गर्नुभएको छ ।

अध्यक्ष राईले आफ्ना बाबुआमाको सम्मानमा तिलकबहादुर–मनमाया राई पर्यटन पत्रकारिता अक्षयकोष स्थापना गर्नुभएको हो । राईले अक्षयकोषको रकमको चेक महासङ्घका अध्यक्ष श्यामकृष्ण दाहाल र उपाध्यक्ष एक्सन राईलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको हो ।

सो रकमबाट एनआइसी एशिया बैंकमा रहेको महासङ्घको मुद्दती खाताबाट प्राप्त ब्याजले जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि उत्कृष्ट र प्रभावमूलक समाचार प्रकाशन तथा प्रसारण गर्ने पत्रकारलाई वार्षिकरूपमा पुरस्कृत गरिन पत्रकार महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्