भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन



०४ बैशाख २०७६, काठमाडौं

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्यपेक्षकहरु खटाएको जनाएको छ ।

आयोगले बिहारका प्रमुख निर्वाचन अधिकारी अजय नायकलाई विशेष पर्यवेक्षकमा नियुक्त गरेको हो ।

पहिलो चरणको चुनावमा पश्चिम बंगालका कूच बेहार र अलिपुरदुआर चुनाव क्षेत्रमा मतदान भएको थियो भने बाँकी ४० स्थानका लागि विभिन्न छ चरणमा चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्