‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ बाट पूर्वकुलपति वैरागी सम्मानित हुँदै !



२७ चैत्र २०७५, काठमाडौं

यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्वकुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उनलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

रु १ लाख पुरस्कार राशी भएको कलाश्री पुरस्कार उनले नेपाली कला साहित्यमा पुर्याएका विशेष योगदानलाई विचार गर्दै प्रदान गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्