कथाकार ‘वियस राई’को नाटक ‘जोखना’ आजदेखि मण्डला नाटक घरमा मञ्चन हुँदै !



०८ चैत्र २०७५, काठमाडौं

कथाकार ‘वियस राई’द्वारा लिखित नाटक ‘जोखना’ आजदेखि प्रदर्शन हुने भएको छ ।

अनामनगरस्थित मण्डला नाटक घरमा आजदेखी मञ्चन हुने नाटक ‘जोखना’ अघिल्लो महिना सम्पन्न पहिलो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत प्रदर्शन भएको थियो ।

कथाको नाट्य रुपान्तर चर्चित साहित्यकार तथा मदन पुरस्कार विजेता लेखक राजन मुकारुङले गरेका हुन् भने नाटकको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् ।

चाम्लिङले यसअघि बहु–चर्चित नाटक ‘लाटो पहाड’को निर्देशन गरिसकेका छन् ।

‘जोखना’मा नेपालमा भएको दश वर्षे जनयुद्धको प्रभावलाई प्रकाश पारिएको छ । त्यसैगरी नामजस्तै नाटकमा नेपालमा भएको विशेष सभ्यताहरुद्वारा आधुनिक युवाहरुको मानसिकतालाई पनि नियाल्न खोजिएको छ ।

नाटकमा संगीता थापा, रुपेश लामा अनिल र सुब्बा विशेष भूमिकामा देखिने छन् । साथै, यसमा सन्जिव राई, कविराज राई, मानहाङ राई, पवित्रा राई, निशा पाख्रिन, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनिकुमार राईको पनि अभिनय रहेको छ ।

आजबाट सुरु हुने नाटक सोमबारबाहेक पुरै महिना प्रदर्शन हुने छ ।

यो पनि हेर्नुहोस् !

साहित्यिक आकाशमा सदाबहार प्रकाश वहन गरेका चम्किलो तारा ‘वियस’ !(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्