उर्लिएकी बागमतीलाई समर्थन 



– हरि दाहाल 

बगर खोज्न निक्लिएकी बागमतीले
पर्खाल भत्काईन
बार लडाईदिइन
अगेनो डुबाइदिइन
झिटी गुन्टा छिचिलिफिन्न बनाइदिइन
छानो कुल्चिदिइन
मिचाहालाई ढेपिन
बिल्लिबाठ पारिन
खैर१
बागमतीलाई मेरो समर्थन

उर्लिएकी बागमतीले
किनाराका बटबृक्ष
तितेपातीका झाङ्ग
कुवा चौतारा
घाट पधेराको
सोधी खोजी गरिन
नाजवाफ भएर लाचार बुज्रुकहरू
भागिरहेका छन् ।

मैदान, सीम र चरनको
हिसाब मागेर
बागमती सभ्यताको पाठ
पठाउदै गरेकी बागमतीलाई
मेरो पूर्ण समर्थन र एक्यवद्धता ।।

प्रतिक्रिया दिनुहोस्