ऊर्जामन्त्रीद्वारा सवस्टेशन उद्घाटन



०९ फागुन २०७५,बर्दिया

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा उहाँले बर्दियालाई अँध्यारोबाट मुक्त गरी उज्यालो नेपाल अभियानलाई अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बबई, भादा र औरही नदी नियन्त्रण आयोजनामा अम्बासा नदीलाई मिलाएर बाढीबाट मुक्त बनाउन नदी तटबन्धन गर्न लागिएको उल्लेख गर्नुभयो ।

देशभरको करीब ७० वटा सवस्टेशन बन्दै गरेको र दुई हजार २०० वटा पक्की पुल बनाउनको लागि बोलपत्र आह्वान गरिसकेको मन्त्री पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्