फोटोग्राफी….‘नारायण न्यौपाने’को क्यामेराले कैद गरेको नेपालको पुरातात्वयिक तथा ऐतिहासिक सम्पदाका फोटा !



२२ माघ २०७५, काठमाडौं

‘नारायण न्यौपाने’ समकालिन नेपाली फोटोग्राफीका एक चर्चित फोटोग्राफर हुन् । जस्तोसुकै दृश्यलाई पनि सुन्दर ढंगले, कलात्कम रूपमा क्यामरामा कैद गर्न सक्नु न्यौपानेको खुबी हो ।

उनी विशेषगरी चरा, बिबाहको भिडियो तथा फोटो खिच्नमा दख्खल राख्छन् । न्यौपानेलाई यतिमात्रै दायारामा खुम्च्याउन खोजियो भने उनको कलाको, प्रतिभाको अपमान हुन्छ । न्यौपानेमा सरल र सामान्य ठानिएका बस्तुलाई आकर्षक फोटोमा उतार्न सक्ने छुट्टै क्षमता पनि छ । उनले मुलुकको पर्यटन क्षेत्रलाई संबर्द्धन र संरक्षण गर्न महत्त्वपूर्ण भूमिका पनि फोटोमार्फत निभाएका छन् ।

यो रानीपोखरी हो, महाभूकम्प २०७२ ले रानीपोखरीमा क्षति पर्याएको थियो । यो फोटो न्यौपानेले भूकम्प अघि खिचेका हुन् । अहिले रानीपोखरीको यो सुन्दरता हराएको छ । झारैझार उम्रिएको छ । पानी छैन । सुक्खा छ । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुननिर्माण गरेको छैन । रानीपोखरी अहिले उराठ लाग्दो छ ।

नदीनाला, झरना, बनजंगल, पशुचौपाया, बहुजातिका मानिसका फोटो, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरूको फोटो, प्राकृतिक सौन्दर्यको फोटो न्यौपानेले खिच्ने गरेको देखिन्छ । आज हामीले न्यौपानेले खिचेका नेपालका विभिन्न पुरातात्वयिक तथा ऐतिहासिक सम्पदाको फोटो प्रकाशित गरेका छौं ।

हेरौं केही फोटाहरू–

 

 

प्रतिक्रिया दिनुहोस्