कृष्ण वलीको घरमा पुगे सत्य स्वरुप : ६५ लाख रकम प्राप्त गरे कृष्णले (भिडियो सहित)



०९ माघ २०७५, काठमाडौं

रुकुमका २१ वर्षिय कृष्ण वलीले युवा अबस्थामै दुइ हात र एक खुट्टा गुमाएका छन् । विद्युत लाइनमा काम गर्ने क्रममा उनले आफ्नो शरिरका मुख्य अंग गुमाउनु परेको हो ।

जुन ठाउँमा उनले लाइन काटेर काम गरिरहेका थिए त्यस ठाउँको मिलवालाले लाइन जोड्दिए पछि सो घटना घटेको थियो । २० बर्षको कलिलो उमेरमै बैबाहिक जीवनमा बाँधिएका उनललाई विबाह गरेको एक वर्षमै यस्तो घटना घटेको हो । हात र खुट्टा नभए पनि उनकी श्रीमती रुपा मगर भने उनका लागि भगवानको अर्काे रुप बनेर सहयोग र साथ दिईरहेकीछिन् ।

उनको उपचारको लागि उनलाई माया गर्ने शुभचिन्तकले देश तथा विदेशबाट आर्थिक सहयोग र साहानुभुती प्रकट गरिरहेका छन् । हाल उनको खातामा लगभग ६५ लाख रुपैया जम्मा भईसकेको छ ।

हालै नेपालका चर्चित गायक तथा अभिनेता सत्य स्वरुप कृष्णको घरमा पुगी उनीहरुलाई सहानुभुती र सम्मान प्रकट गर्नुकै साथै सहयोगी हात बढाउन समेत अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्