प्रतिवेदन सार्वजानिक गर्न माग



०८ माघ २०७५, काठमाण्डौं

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्याको छानविनका लागि अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी)को नेतृत्वमा गठन भएको उच्चस्तिरिय छानविन समितिको प्रतिवेदन सार्वजानिक गर्न मानवअधिकारकर्मीहरुले माग गरेका छन । राजधानीको  राष्ट्रिय महिला आयोगको हलमा युथ एड्भोकेसी नेपाल, संकल्प लगायतका समाजिक संघसंस्थाहरुले संयुक्तरुपले आयोजित “वढ्दो महिला हिंसा र राज्यको जवाफदेहिता” विषयक अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मीहरुले उक्त माग गरेका हुन ।

अन्तरक्रिया कार्यक्रममा प्रहरीको अनुसन्धान प्रकृया कमजोर भएकाले त्यसको सम्वोधनको लागि संस्थागत सुधार गर्नुपर्ने राष्ट्रिय मानवअधिकार आयागकी सदस्य माननीय मोहना अन्सारीले वताईन । एक अर्को प्रसङ्गमा निर्मलाको बलत्कार पछि हत्याको सन्दर्भमा अयोगले गरेको छानविनको प्रतिवेदन चाँडै सार्वजानिक गरिने उनको भनाई थियो ।

वढ्दो महिला हिंसालाई अन्त्य गर्नका लागि हिंसाका कारणको पहिचान गरी त्यसको सम्बोधनमा जोड दिनु पर्ने राष्ट्रिय महिला आयोगको सचिव अनिल ठाकुरको जिकिर थियो ।

कार्यक्रममा निर्मला हत्या काण्ड पछि ८७६ बलत्कारजन्य घटनाका उजुरीहरु प्रहरी कार्यलयमा दर्ता भएको प्रहरी उपरिक्षक (एसपी) किरन राणाले वताईन । महिलामाथि हुने हिंसा तथा बलत्कारजन्य घटनाको अन्त्य गर्नका लागि नागरिक समाज र सरकारले हातेमालो गरेर अगाडी वढ्नुपर्नेमा राणाको जोड थियो । निर्मला पन्तको घटना सम्बन्धमा एआईजी धिरु वस्नेतको नेतृत्वमा निर्माण भएको उच्च स्तिरिय छानविन समितिको प्रतिवेदनका सम्वन्धमा पदिय हिसावले वोल्न नमिल्ने उनको जिकिर थियो ।

कार्यक्रममा मानअधिकारकर्मी भवानी प्रसाद खरेल, जितराम लामा, पिंकी गुरङ्ग, शान्ता लक्ष्मी श्रेष्ठ, मोती लाल नेपाली, भिम परियार, डा. छत्र अमात्य, तारा भण्डारी लगायतले आफ्ना विचार राखेका थिए । कार्यक्रममा ७० वन्दा वढी मानवअधिकारकर्मीहरुको उपस्थिति थियो ।

कार्यक्रमको संचालन युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले गरेका थिए भने कार्यक्रमका सहभागीलाई स्वागत संकल्पकी अध्यक्ष लिलि थापाले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्