कंकेश्वरी मन्दिर समयमै निर्माण सम्पन्न गर्न सांसद श्रेष्ठको पहल



०८ माघ २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ सहितको टोलीले कंकेश्वरी मन्दिर समयमै निर्माण सम्पन्न गर्नका लागि पुरात्तत्व विभागका कायम मुकायम महार्निदेशक दामोदर गौतमसँग छलफल गरेका छन् ।

उक्त छलफलमा कंकेश्वरी अजिमा खलः संरक्षण समितिका उपाध्यक्ष बालकृष्ण महर्जन, गुठीका प्रतिनिधि, बालकृष्ण खड्गी लगायतका स्थानिय जनसमुदाय तथा पुरात्तत्व विभागका ईन्जिनियर पूर्ण बहादुर श्रेष्ठको उपस्थिती रहेको थियो ।

मन्दिर वरिपरिको घाट पट्टी प्रवेशद्वार राख्ने लगायत साँस्कृतिक तथा धार्मिक पक्षलाई ध्यान दिदै स्थानीय जनसमुदायको गुनासोलाई समेत मध्यनजर गर्दै यथासिघ्र निर्माण कार्य समयमै सम्पन्न गर्न भेलाले जोड दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्