दिल निशानीको स्टाटसबारे मिनाले दिइन् दिललाई कडा जवाफ



३ माघ २०७५, काठमाडौँ

मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएपछि मिना ढकालको चर्चा जताततै हुन थालेको हो । हाँस्यकलाकार मनोज गजुरेलकी श्रीमती मिना ढकाल आजभोली व्यस्त पनि छिन् । उनले केहि दिन अघिमात्रै आफ्नो डिभोर्स भएको १ बर्षको खुसियाली मनाएकी थिइन् ।

केहिदिन अघि रवि लामिछानेको चर्चा चलिरहँदा एक व्यक्ति दिल निशानीले फेसबुकमा स्टाटसका कारण रविलाई व्यङ्ग्य हानेको चर्चा चलेपछि दिल निशानीले त्यो स्टाटस आफूले मिना ढकाललाई डेडिकेट गरेको बताएका थिए । त्यसबारे मिनाले दिल निशानीलाई निकै कडा जवाफ दिएकी छिन् ।

मिनाले दिल निशानीले आफूलाई त्यस्तो भन्न जरुरी नभएको बताएकी छिन् । तर उनले आफ्नो दिल निशानीसँग कुनै चिनजान र दुश्मनी पनि नभएकाले उसको कुराले आफूलाई केहि फरक नपरेको बताइन् । उनले दिल निशानीलाई मिना ढकाल कसैले स्याहारेर स्याहारिने मन्छे नभएको बताइन् ।

त्यतिमात्र नभएर मिनाले दिल निशानीलाई आफ्नो एल्बम मात्र निकाल्न नभएर आफ्नो चलचित्रको निर्माता नै बनिदिए नि हुन्छ भनेकी छिन् । उनले आफूले २२ बर्षसम्म घर र परिवार स्याहार्दै आएकाले उनको स्याहारको जरुरत नभएको बताइन् । त्यतिमात्र नभएर मिनाले सक्ने भए १ करोडको लगानी गरेर आफ्नो चलचित्रको निर्माता बन्न आउन दिल निशानीलाई भनिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्