फेसबुक प्रोफाइलमा आफ्नो फोटो नराखेको भन्दै प्रेमीले झारिदिए प्रेमिकाको बङ्गारा



१ माघ २०७५, काठमाडौँ

आजभोली विश्वमा निकै अचम्मका घटनाहरु घटिरहेका छन् । हामीले कहिले कल्पना पनि गर्न नसक्ने कुराहरु यहाँ भैरहेका हुन्छन् । यस्तैमा लिभरपुल बाट पनि एउटा नपत्याउँदो घटना बाहिर आएको छ ।

आजभोली सामाजिक सञ्जालको प्रयोगका कारण अधिकांश युवा युवतीको प्रेम सम्बन्ध रहेको हुन्छ । त्यस्तै लिभरपुलकी लोइस एसटोनलाई उनका २१ बर्षिया प्रेमी म्याकनेयरले उनलाई निकै घाइते हुने गरी कुटेका छन् । हुन त आजकल आफ्ना प्रेमी प्रेमिकालाई सामान्य कुरामा पनि हात उठाउन थाल्छन् । तर एसटोनलाई उनका प्रेमिका विना गल्ती पिटेका छन् ।

एसटोनका प्रेमीले उनलाई फेसबुकको प्रोफाइलमा उनको र उनको प्रेमीको फोटो नहालेको निहुमा उनको दाँत भाचिदिएका छन् भने बङ्गारा पनि झारिदिएका छन् । एसटोनका प्रेमीले एसटोनले उनको र उनको प्रेमीको फोटो फेसबुकबाट हटाएपछि रिसले कुटेका हुन् । पछि एसटोनले उनको प्रेमिको विरुद्ध मुद्धा पनि हालिन् र उनलाई जेल सजाय पनि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्