कृषिको व्यवसायीकरण गर्ने सहकारीलाई सहयोग गरिने



२८ पुष २०७५, विराटनगर

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कृषिको व्यवसायीकरणमा सहयोग गर्ने सहकारीलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको आज यहाँ आयोजित २६औँ वार्षिक साधारणसभामा उहाँले कृषि उत्पादन गरी वैदेशिक व्यापार घाटा कम गर्ने कार्यमा सहकारी लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नं १ को सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँदै कृषिजन्य वस्तुको उत्पादन गर्ने योजना लिएर आउने सहकारीलाई सहयोग गरिने जानकारी गराउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी सङ्घका सल्लाहकार तथा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, प्रदेश नं १ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्ट, रामचन्द्र गौतम, केशवप्रसाद पोखरेलले सरकारले अघि सारेको विकास र समृद्धिको अभियानलाई सहकारी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्