चीनले बनायो भिडमा सजिलै अपराधी चिन्न सकिने अनौठो चश्मा



तीव्र रुपमा प्रविधिको विकासमा फड्को मार्दै गएको चीनले अपराधी पहिचान गर्ने एक नौलो प्रविधिको विकास गरेको छ ।

अपराधी सजिलै पत्ता लगाउन चीनमा सुरक्षाकर्मीका लागि एक फरक खालको चश्मा प्रयोगमा ल्याईएको छ । सुरक्षाको ‘हाइटेक’ व्यवस्थाका लागी भन्दै नयाँ वर्षका लागि विशेष चश्मा प्रयोग गरी सुरक्षा सर्तकता अपनाइएको विभिन्न अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् ।

ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्नका लागी यस्तो शर्तकता अपनाइएको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार भीडमा संदिग्धलाई पहिचान गर्न सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिएको छ । यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’ सँग सम्बन्धित सात आरोपीलाई पक्राउ समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्