‘मेरो मनमा घण्टी बजाउने कोहि आए पक्कै विवाह गर्छु’ : निरुता सिंह



२४ पुष २०७५, काठमाडौँ

निरुता सिंह ७ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी छिन् । कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा उनी एक्लैले राज गरेकी थिइन् । त्यसैले पनि लामो समयपछि उनी नेपाली चलचित्र क्षेत्रमा भित्रिदा धेरै निर्माता निर्देशकको आखाँ उनीमा परेको छ । उनी यतिबेला चलचित्र दाल, भात, तरकारीमा व्यस्त छिन् । जहाँ उनको जोडी हरिवंश आचार्यसँग बाधिएको छ ।

नायिका निरुता सिंह ४५ बर्ष कटिसकेकी छिन् । तरपनि उनी अहिलेसम्म नै अविवाहित छिन् । केहिसमय अघि भएको एक अन्तवार्तामा उनले पहिले आफ्नो काममा व्यस्त भएकाले र विवाह गर्न मन नलागेकाले विवाह नगरेको बताइन् । उनलाई अब विवाह नै नगर्ने हो भन्ने प्रश्न गरिएको थियो । त्यसमा उनले विवाह त गर्छु तर मैले खोजेको जस्तो भेटाएपछि भनेकी छिन् ।

त्यतिमात्र नभएर निरुताले अहिलेसम्म आफूले विवाहको बारेमा त्यस्तो केहि नसोचेको तर आफ्नो मनमा घण्टी बजाउने कोहि भेटिएमा पक्के लगठ गाठो कस्ने बताएकी छिन् । उनले अब आफू नेपाली चलचित्र क्षेत्रमा सक्रिय भैरहने बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्