सिपिङ सिटी चीनका प्रतिनिधीलाई महानगर प्रमुख रेणु दाहालद्वारा भरतपुरमै भव्य स्वागत



१० पुष २०७५, चितवन

सोमबार भरतपुरमा आएको चीनको सिपिङ सिटीका प्रतिनिधीहरूको टोलीलाई महानगरपालिका प्रमुख रेणु दाहाल लगायतले भरतपुर महानगरपालिकामा स्वागत गरेका थिए ।

उक्त अवसरमा बोल्दै भगिनी सम्बन्धपछि दुई सहरका बीचमा सुमधुर सम्बन्ध राख्दै जाने प्रतिनिधि मन्डलका प्रमुख डिपुटी सेक्रेटरी ली ह्वाङगले बताएका थिए । ली ले सांस्कृतिक आदानप्रदानसंगै प्रविधि हस्तानतरणका साधै पूर्वाधार निर्माणमा दुई सहरबीच सहकार्य हुनुपर्ने बताएका थिए । सिपिङले गरेका भौतिक विकाससंग भरतपुरलाई जोड्न सक्दा सिस्टर सिटीको महत्व हूने बताउँदै आफूहरूले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन सिपिङले भूमिका खेल्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाको अवस्थाका साथै भएगरेका कामको जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरूण पिडित भण्डारी, वडाध्यक्षहरू लगायत चिनियाँ प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

जनगणतन्त्र चीनको सिपिङ्ग सिटीका प्रतिनीधी मण्डलमा चिनियाँ कम्युनिष्ट पार्टीको सिपिङ म्युनिसिपल कमिटीका डेपुटी सेक्रेटरी लि यान, सिपिङ म्युनिसिपलको पर्यटन र सँस्कृति व्युरो निर्देशक जि झियिङ, होङ्जु आर्थिक विकास क्षेत्रका फु योङ्जिउ, सुआङ्लिआओका डेपुटी मेयर नी ली र सिपिङ विदेश मामिला सेवा केन्द्रका सुन शेङ्नान रहेका थिए ।

सिपिङ्ग सिटीका प्रतिनीधि मण्डललाई स्वागत गर्न पाउँदा भरतपुर महानगरपालिका परिवार अत्यन्तै हर्षित भएको बताउँदै महानगर प्रमुख दाहालले भनीन्, ‘नेपाल र चीनबीच भृकुटी र स्रङ्गचङ्ग गम्पोसँग जोडिएको सदियौँदेखिको अत्यन्त सुमधुर सम्बन्ध कायम रहँदै आएको छ । चीनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पूर्याइरहेको छ । म जनगणतन्त्र चीनप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

कृषि र औद्योगिक विकासको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको मित्रराष्ट्र चीनको सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच गत जेठ महिनामा भगिनी सम्बन्ध कायम भएको छ । यसबीचमा भरतपुर महानगरपालिकाको प्रतिनिधी मण्डलले सिपिङ्ग सिटीको भ्रमण सम्पन्न गरिसकेको छ । सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच भएको भगिनी सम्बन्धले दुई नगरबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने महानगर प्रमुख दाहालले विश्वास व्यक्त गरेकी थिईन् ।

यस सम्बन्धले कृषि पर्यटन औधोगिक विकासका साथै ज्ञान, सिप, प्रविधि आदनप्रदान मार्फत जनस्तरको सम्बन्धलाई झनै प्रगाढ पार्न महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

‘मित्र राष्ट्र चीनको सिपिङ्ग सिटिसँग सहकार्य गर्दै समृद्धि यात्रामा सँगसँगै जान चाहन्छौं’ दाहालले भनीन्, ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका साथै पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौं । यस अवसरमा सिपिङ्ग सिटि र चिनियाँ निजी क्षेत्रसँग भरतपुर महानगरपालिकामा लगानी गर्न आह्वान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्