सलमान खान नाम राखिएको बोकाको मूल्य पाँच लाख



संसारमा भिन्न सोच र विचार भएका धेरै मानिसहरु छन् जसमध्ये चर्चा कमाउन अनेकौं आईडियाहरु लगाउने मनिसहरुको कमी छैन् ।

बलिउड नगरीका ब्लकबस्टर नायक सलमान खानको नाम यतिबेला बोकासँग जोडिएको छ । उत्तर प्रदेशको गोरखपुरमा एक मालिकले आफ्नो बोकाको नाम सलमान खान राखेपछि अहिले बोकाले निकै चर्चा कमाइरहेको छ ।

मालिकका अनुसार बोकालाई आफूले निकै मिहिनेत गरेर हुर्काएको र यसको नाम समेत सलमान खान रहेकोले बोकाको मूल्य आफूले ५ लाख राखेको बताए ।

हालसम्म सलमान नाम गरिएको भाईरल बोकालाई विक्रिको लागि राखिए पनि कसैले किन्ने आँट भने गरेका छैनन् । सलमानका मालिकले उनले भने अनुसारको मूल्य पाउने छन् वा छैनन् यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्