भ्रष्टाचार बिरुद्ध युवाको चेतनामुलक कार्यक्रम



१० पुस २०७५, इटहरी

पछिल्लो समयको बिषय हो नेपालका साँसदहरुले गरेको राज्यकोषको दोहन र त्यसमै जोडीएको देशको मुल जडो भ्रष्टाचार ! यो बिषय निर्मूल पार्न सरकारलाई चुनौतीको बिषय पनि बनेको छ । समाधान  गर्न बिभिन्न बिभिन्न संसस्थाले सरकारलाई बिभिन्न तरीकाबाट दबाब पनि दिइरहेका छन । र कुनै राजनितिक दलको बिषेस मुद्दा पनि बन्दै गएको छ ।

यसै बिचमा युवा काठमाण्डौले मुलुकैभरी भ्रष्टाचार बिरुद्धको अभियान सन्चालन गरेको छ । एक महिने अभियानमा निस्केको युबाको समुहले आज युवा विकास केन्द्र इटहरीको सह आयोजनामा कार्यक्रम संचालन गरेको छ । कुनै पनि दबाबका कारण भ्रष्टाचार अन्त्य नहुने भन्दै युबा समुहले जनचेतनामुलक कार्यक्रमको आयोजना गरी कार्यक्रमको संचालन गरेको युवा समुह काठ्माण्डौकी रोजिना मानन्धरले जानकारी दिइन ।

अभियानमा इटहरीका एक सय ५० भन्दा बढि युबाको उपस्थिती भएको थियो । उनिहरुले सचेतनामुलक पर्चाहरु बोकेर इटहरीमा कार्यक्रम संचालन गरेका थिए ।  इटहरीको मुख्य चौक क्षेत्रमा रहेको रेयुकाई चौतारीमा आयोजित कार्यक्रममा भ्रष्टाचार विरुद्धमा संदेश मुलक नृत्य, युवाहरुको मत सर्भेक्षण साथै मन्तव्य लगायतका कार्यक्रम समावेश गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्