चावहिलस्थित एलजी ब्रान्चको दोस्रो बार्षिकोत्सव सम्पन्न (फोटो फिचर)



०५ पौष २०७५, काठमाडौं

एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुपले काठमाडौंको चाबहितस्थित एलजी ब्रान्चको दोस्रो बार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।

नेपालको एक प्रतिष्ठित तथा लोकप्रिय कम्पनी चौधरी ग्रुपले एलजीका उत्पादनहरु नेपालका प्रमुख शहरका मुख्य ठाँउहरुमा विस्तार गरिसकेको छ । चौधरी ग्रुपले एलजीको बार्षिकोत्सव अवसरमा आफ्ना ग्राहकहरुलाई सामानहरुमा भारी छुट समेत दिने बताएको छ ।

एलजी चाबहिल ब्रान्चका ईन्चार्ज अन्जु पोखरेलले चौधरी ग्रुप नेपालको एक प्रतिष्ठित कम्पनी भएको बताउँदै एलजी मार्फत यसले अझै नयाँ ईक्वीपमेन्टहरु लन्च गर्ने बताईन् ।

एलजीका उत्पादन बजारमा पुर्याउन कुनै कसर बाँकी नराखिने मार्केटिङ्ग म्यानेजर तारा लामाले बताईन् ।

सन् १८७० को दशकबाट कपडाको व्यापारबाट सुरु भएको चौधरी ग्रुपले हाल चाउचाउ, पेय पदार्थ, अटोमोबाईल, चुरोट तथा दैनिक जीवनमा आवश्यक सामानहरु उत्पादन तथा विक्रि वितरण गर्दै आएको छ ।     

 

प्रतिक्रिया दिनुहोस्