पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु



०५ पुस २०७५, इटहरी

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन प्रदेश १ मा सुरु भएको छ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा बिहीबारबाट सम्मेलन सुरु भएको हो । सम्मेलनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

सम्मेलनले महासङ्घको नीति परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । पत्रकार महासङ्घ प्रदेश १ ले होस्ट गरेको कार्यक्रममा देशैभरीका प्रतिनिधिहरू सहभागी भएको प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए ।

सम्मेलनमा केन्द्रीय पदाधिकारीहरू सहित सदस्यहरू, प्रदेश समिति, असोसिएट शाखा, जिल्ला शाखा गरी २ सय हाराहारी सहभागी भएका छन् ।

बन्दसत्रमा पत्रकार शिव गाउँले, तारानाथ दाहाल सँगै महासङ्घ अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट लगायतका विभिन्न ५ प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । विराटनगरमा बन्दसत्रको छलफल सकेर पत्रकार महासङ्घ केन्द्रीय समितिको बैठक धनकुटाको सुन्दर ल्याण्डफिल साइटमा हुनेछ ।

नेपाल सङ्घीयतामा संस्थागत रूपमा पदेशहरु बनेपछि भएको यो पहिलो राष्ट्रिय पत्रकार सम्मेलन भएकाले धेरै महत्त्वपूर्ण हुने सम्मेलनका होस्ट प्रदेश १ पत्रकार महासङ्घ अध्यक्ष विक्रम लुइँटेल बताए ।

प्रतिक्रिया दिनुहोस्