कपन प्रहरी प्रभागद्वारा बूढानीलकण्ठमा लागूऔषध बरामद



०५ पुस २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ कपन स्थित गुरुङ टोलमा कपन प्रहरी प्रभागको टोलीले विक्रि वितरणका लागि राखिएको १०१ थान लागू औषध बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा मकवानपुर हेटौंडा स्थायी घर भएका भुवन श्रेष्ठलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारी निजको डेरा गुरुङटोलमा छापा मार्दा उक्त परिणाममा लागू औषध फेला पारेको थियो ।

लागूऔषध प्रयोगकर्ता तथा कारोवारी श्रेष्ठको कोठाबाट फेनार्गन एम्पुल ३३ थान, डाईजेल्याप एम्पुल ३४ थान, नुफिन एम्पुल ३४ थान र मोटोरोला मोबाईल १ थान बरामद गरिएको कपन प्रहरी प्रमुख मिन बहादुर कुँवरले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्