छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री



०४ मङ्सिर २०७५, पोखरा

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन रासायनिक मल बिक्री गरेको छ । कार्यालयले यस आवका लागि विभिन्न ६० वटा सहकारीलाई सूचीकृत गरेकामा ती सहकारीमार्फत युरिया, डिएपी र पोटास बिक्री भएको कामु शाखा प्रबन्धक मुरलीमोहन रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस चौमासिकमा युरिया ४४१।८५ मेट्रिकटन, डिएपी १४७।२५ मेट्रिकटन र पोटास २२।१ मेट्रिकटन बिक्री भएको छ । कार्यालयमा युरिया ७४।६ मेट्रिकटन र डिएपी ३२।७५ मेट्रिकटन मौज्दात बाँकी रहे पनि पोटास मौज्दात नरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्