पोखरामा देउसीभैलोबाट दुई लाख तीस हजार



३० कार्तिक २०७५, पोखरा 

नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई यहाँका आमा समूहले परम्परागत संस्कृतिको संरक्षणका साथै भैलोदेउसी खेलेर आर्थिक सङ्कलन समेत गर्दै आएका छन् ।

पोखरा महानगरपालिका–१७ स्थित शुभकामना आमा समूहले यस वर्ष घरछिमेकमा देउसीभैलो खेलेर रु दुई लाख ३० हजार सङ्कलन गरेको अध्यक्ष बिचित्रा भुजेलले जानकारी दिनुभयो ।

सो समूहले विभिन्न चाडपर्व, छिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर सङ्कलन गरेको रकमबाट हालसम्म सामुदायिक भवन, शक्तिदेवी मन्दिर, सेतीनदीस्थित घाटमा जाने बाटो निर्माणजस्ता सामाजिक एवं धार्मिककार्य गर्दै आएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्