बलिउड नायिका प्रियंका गर्दैछिन् आफ्नो विवाहमा १ सय १० पाहुनालाई निम्तो



०९ कार्तिक २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडा र उनका प्रेमी निकको प्रेमसम्बन्धले केहिसमयअघि बलिउडमा तहल्का नै मच्चिएको थियो । कहिले उनको निकसँगको प्रेम कहिले उनको इन्गेजमेन्ट त कहिले उनको इन्गेजमेन्ट पार्टीले प्रियंका मिडियामा खुब छाएकी छिन् । निक र प्रियंका अब छिटै विवाह गर्ने तयारीमा रहेका छन् ।

हाल निक आफ्नो घर अमेरिकामै छन् । प्राप्त जानकारी अनुसार निक र प्रियंका यहि नोबेम्बर ३० मा विवाह गर्दैछन् । यसबारे प्रियंका र निकले भने केहि जानकारी दिएका छैनन् । तर उनीहरुले आफ्नो विवाहको निम्तो भने आफ्ना सबैलाई इष्टमित्रलाई दिइसकेका छन् । उनीहरुको विवाहका लागि उनीहरुले १ सय १० जनालाई निम्तो गरेका छन् ।

प्रियंका चोपडा बलिउड र हलिउड दुवै क्षेत्रमा निकै सफल रहेकाले उनका साथीभाई धेरै छन् । त्यसैले उनीहरुको विवाहमा १ सय १० पाहुनाहरुलाई उनले निम्तो गरिसकेकी छिन् । यसम अझै पाहुनाहरु थपिन सक्ने सम्भावना प्रवल रहेको छ । प्रियंकाले आफ्नो रिसिेप्सन पार्टि पनि एकदमै धुमधामसँग दिने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्