चलचित्र चङ्गा चेटको दोस्रो गीत रिलिज



१ असोज २०७५, काठमाडौँ

यस बर्षको बहुप्रतिक्षित चलचित्रमध्येको चङ्गा चेट पनि एक हो । मल्टिस्टारर कलाकारको अभिनय रहेको चलचित्र चङ्गा चेटको नयाँ गीत भर्खरै रिलिज भएको छ । यसअघि रिलिज गरिएको गोजीमा दाम छैन बोलको गीतले सर्वाधिक सफलता पाइरहँदा चलचित्रको दास्रो गीत पनि रिलिज गरिएको छ ।

हरिहर तिमल्सिनाको शब्द र राजेन्द्र भट्टको संगीत रहेको ढल्कि ढल्कि नाच बोलको गीतमा अहिलेका निकै चर्चित गायक अल्मोडा राना उप्रेतीको आवाज रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीका साथ रबिन्द्र झा र सन्दिप क्षेत्रीलाई फिचरिङ गराईएको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्