योगमाया सम्मानबाट ९९ बर्षीय हिरण्य प्रसाद भण्डारी सम्मानित



०८ साउन २०७५, काठमाडौं

समाज सुधारक योगमाया न्यौपानेको ७८ औं स्मृति दिवसको अवसरमा नेपाल स्रष्टा समाजले राजधानीमा एक विशेष कार्यक्रम गरेको छ। नेपाल स्रष्टा समाजले हिजो ग्साउन ७ गते गरेको उक्त कार्यक्रममा ९९ बर्षिय हिरण्य प्रसाद भण्डारी योगमाया सम्मानबाट सम्मानित भएका हुन् ।

प्रज्ञा भवन कमलादीमा भएको उक्त कार्यक्रममा भण्डारी सहित तिन जना व्याक्तिहरुलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा योगमाया उपन्यासका लेखिका निलम कार्की निहारिका, इतिहासविद् ज्ञानमणि नेपाल र हिरण्य प्रसाद भण्डारी रहेका छन्।

निहारिकालाई योगमाया राष्ट्रिय नारी सम्मान , न्यौपानेलाई योगमाया अभियान्ता सम्मान र भण्डारीलाई योगमाया सम्मानद्वारा सम्मानित गरिएको थियो। सम्मानित तिनै जना व्यक्तिहरुलाई प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानको कुलपति गंगा प्रसाद उप्रेतीले माला र सम्मानपत्र सहित सम्मान गरेका थिए।

योगमाया सम्मानबाट सम्मानित भएका ९९ वर्षीय भण्डारीले योगमायाको व्यक्तित्वलाई बाहिर ल्याउन तथा उनको धेरै कुराहरुको संरक्षणमा विशेष योगदान पुर्याउदै आएका थिए । योगमायाको जन्मभूमि र तपस्यभुमी नेपाले डाँडामा जन्मेका भण्डारीका परिवारका छ जना सदस्य पनि योगमायासँगै जलसमाधिमा गएका थिए ।

कार्यक्रममा बोल्ने सबै अतिथिहरुले योगमायाको योगदान र जीवनको बारेमा थप खोज गरी उनलाई तत्काल राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने विचार राखेका थिए। योगमायाको सम्मानमा सरकारले हुलाक टिकट समेत प्रकाशन गरिसकेको छ।

वि.सं. १९९८ साल असार २२ गते हरिशयनी एकादशीको दिन दास प्रथा, छुवाछुत प्रथा, बहुबिबाह, बाल बिभाह, बाल विधुवा आदि जस्ता कुराको अन्त्यको माग राखी तत्कालिन राणा शासकलाई सचेत पार्न योगमायाले आफु लगायत आफ्ना ६७ जना अनुयायी सहित भोजपुर जिल्लाको नेपाले डाँडामा रहेको अरुण नदीमा जलसमाधि लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्