नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठद्वारा शुटिङ्ग समाग्री हस्तान्तरण



१० असार २०७५, काठमाडौं

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल शुटिङ्ग संघलाई ओलम्पिक भवनमा शुटिङ्ग समाग्री हस्तान्तरण गरेका छन् । उक्त सामग्री शुटिङ्गका पूर्व सदस्य राजु दर्शनको संयोजकत्वमा साउथ कोरियका कोच ह्वाङ्ग इन कवाङ्ग ले उपलब्ध गराएका थिए । कोरियामा भएको ईन्चोन एशियन गेम्समा ह्वाङ्ग इन कवाङ्गले नेपाली शुटिङ्ग खेलाडीलाई प्रशिक्षको रुपमा प्रशिक्षण दिएका थिए ।

ह्वाङ्ग इन कवाङ्गले ईण्डोनेशियाको जकारतामा हुने आगामी एशियन गेम्सका लागि नेपाली शुटिङ्ग खेलाडीलाई शुभकामना सहित सहयोगको वचन दिएका छन् ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा तथा मेडिकल कमिशनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्