आफूभन्दा १० वर्ष कान्छा प्रेमीको हात समाउँदै डिनरका लागि घर पुगिन प्रियंका



१० असार २०७५, एजेन्सी

२५ वर्षीय अमेरिकी गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडाको अफियरले अहिले बलिउड गर्माएको छ । हिजो बेलुकी प्रियंकाको हात समाउँदै निक उनको घरमा डिनरको लागि पुगेका थिए  ।

निक अहिले प्रियंकाकाको आमालाई भेट्न भारत आएका हुन् । प्रियंकाले आफ्नी आमालाई भेटाउन निकलाई भारत बोलाउनु तथा हात समातेर डिनरमा निस्किनुले दुबैको प्रेम सम्बन्ध झाँगिदै गएको प्रष्ट हुन्छ । यी दुईको प्रेम सम्बन्धको चर्चाले दुबै कलाकारका परिवारपनि एक अर्कासँग नजिक बन्न थालेका छन् ।

निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन् । प्रियंका र निकको अफेयरले प्रियंकाकी आमा बेखुशी थिइन् । उनले सामाजिक सञ्जालमा प्रियंका र निकको सम्बन्ध हुन नदिने समेत प्रतिक्रिया दिएकी थिइन् ।

क्यामरा देखेपछि टाढा हुने निक र प्रियंका यो पटक भने एक अर्काको हात समाएरै हिँडेका देखिन्थे । उनीहरुको यो सम्बन्धलाई सबैका सामु दुबै जनाले स्वीकार गरेको तस्वीरबाट अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्