बूनपा १० मा लागूऔषध विरुद्धको महाअभियान शुभारम्भ



०८ असार २०७५, काठमाडौँ

“टोल टोेलमा प्रहरी, लागूऔषध विरुद्धको जनचेतना समाजमा जरुरी” भन्ने नाराका साथ बूनपा १० कपनमा लागूऔषध विरुद्धको महाअभियान शुभारम्भ भएको छ ।

संघर्षशिल महिला विकास समितिका अध्यक्ष नम्रता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राई, विशेष अतिथि बूनपा उपप्रमुख रमा राई अतिथिहरु महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रामदत्त जोशी, महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्र.ना.उ. श्याम कुमार राई, बूनपाका वडाध्यक्षहरु नवराज भट्टराई-१०, राजु अधिकारी-११ र १२ का शम्भु भट्टराई, काठमाडौँ जिल्ला खेलकुदका अध्यक्ष ध्रुवराज न्यौपाने लगायत अन्य समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

‘हामीले सोचेको समुन्नत समाज निर्माणको लागि स्थानीय तहबाट बजेट छुट्याएर महिला समूह, युवा क्लब तथा सामाजिक अभियान्तालाई परिचालित गरी लागूऔषध विरुद्धको समाज निर्माण अवस्य गर्न सक्छौं ।’ र यस अभियानका लागि आफूले सक्दो सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि राईले बताएका छन् ।

बूनपा १० का वडाध्यक्ष भट्टराई भन्छन्, “हामीले बूनपाका पसलमा यस्ता खालका लागूऔषध र सुर्तिजन्य पदार्थ बेचबिखनमा रोेक लगाउनु पर्दछ ।”

सामुदायिक प्रहरी सेवाको आवश्यकता रहेको बताउँदै घरेलु मदिरापान नियन्त्रण गर्न र लागूपदार्थ निषेध गर्न आवश्यकता रहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख जोशीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्