सांसद जीवनराम श्रेष्ठद्वारा जेष्ठ नागरिक सम्मान तथा विशेष भक्ता वितरणको शुभारम्भ



०८ असार २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले जेष्ठ नागरिक हरि बहादुर श्रेष्ठलाई सम्मान सहित विशेष भत्ता वितरण गर्दै अभियानको सुभारम्भ गरेका छन् ।

काठमाडौ महानगरपालिका वडा नं १५ का ज्येष्ठ नागरिकलाई रु. १२ हजार भत्ता वितरण गरी शुरु गरिएको अभियानमा १६१ जना ज्येष्ठ नागरिकलाई विशेष भत्ता वितरण गरिएको छ ।

उत्त कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नं १५ का अध्यक्ष ईश्वर मान डंगोल, कामपा वडा नं १५ का सदस्यहरु सहभागी रहेका थिए ।

प्रतिनिधि सभा सदस्य श्रेष्ठले,‘बर्तमान सरकारले ज्येष्ठ नागरिकलाई रु.१,००,०००।–(एक लाख)को बिमा गर्ने ब्यवस्था गरेको जानकारी गराउदै ज्येष्ठ नागरिक सम्मान भनेको इतिहास र राष्ट्रको सम्मान हो ।’ भनेका थिए । साथै महानगरले आफ्नो घोषणा पुरा गरेकोमा महानगरप्रनि आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा सांसद श्रेष्ठले जेष्ठ नागरिकको योगदानलाइ कदर गर्दै नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण सिर्जजना गर्नुपर्ने बताए । जेष्ठ नागरिकहरुले आर्जन गरेको सीप ज्ञान र अनुभवलाई राष्ट्रको बिकासमा लगाउनुपर्नेमा समेत उनको जोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्