पुरुष जिज्ञासा : महिलाले कतिबेला यौन चाहना गर्छन् ?



०८ असार २०७५

नेपाली समाज पनि यौनका बारेमा बिस्तारै खुल्दै गइरहेको छ । नेपाली समाजमा पतिपत्नीबीचको यौन सम्बन्धलाई जीवनको अभिन्न अंगका रूपमा लिने गरिन्छ ।

यौनका बारेमा समाज बिस्तारै खुल्दै गएपनि सामाजिक हिस्सा दिनानुदिन बढ्दै गइरहेको छ । ‘यौन विज्ञानको सचेतना पनि मिडियाको प्रभावले अगाडि बढिरहेको छ । यौन भनेको पति र पत्नीबीचको लेनदेन भन्दा पनि पारस्परिक बुझाइको आधार यौन क्रियाकलाप हुन्छ । दुवैजनाले यौन सन्तुष्टि पाउँछन् र प्रेम साटासाट गर्ने क्रियाकलापका रूपमा जनचेतना फैलिरहेको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्दछ ।

महिला कतिबेला यौन चाहना गर्छन् ? भन्ने जिज्ञासा पुरुषमा हुनु स्वभाविक हो । धेरै महिलाहरु यौन चाहनालाई खुलेर देखाउने गर्दैनन् ।

आखिर मानिसको जीवनमा सम्भोगका लागि उपयुक्त उमेर र समय कुन हो त ? हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मनपर्छ।

यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ। रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन्। विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन्। यो अध्यनका अनुसार अधिकांश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ। तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ।

महिला प्रेम चाहन्छन् भावना साटासाट गर्न खोज्छन् त्यसपछि बल्ल फोरप्लेको कुरा आउँछ अनि मात्रै महिला शारीरिक रूपमा समर्पित हुन चाहन्छन् । महिलामा भन्दा पुरुषको हकमा उत्तेजना छिट्टै आउँछ, धैर्यता कम हुन्छ र हडबडाहटका साथ छिट्टै चरमोत्कर्षमा पुग्ने, छिट्टै शारीरिक सम्बन्ध राख्न खोज्ने र छिट्टै उत्कर्षमा पुगी स्खलित हुन्छन् । भावनात्मक रूपमा नजिक हुन नसक्दाको अवस्थामा हुने बेमेलकै कारण वैमनस्यता उत्पन्न हुने भएकाले जोडीले एकआपसको भावनात्मक सम्बन्धका कुरा र यौन चाहनालाई ख्याल गरेर सेक्सुअल कार्य गर्नु उचित हुने चिकित्सकहरुको सुझाव पाइन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्