अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा छोरी इभान्कालाई स्तन प्रत्यारोपणको लागि दवाव



०७ असार २०७५,

हालै प्रकाशित पुस्तक ‘बोर्न ट्रम्पः इन्साइड अमेरिकाज फर्स्ट फेमिली’ मा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभान्कालाई स्तन प्रत्यारोपण गर्न दवाव दिने गरेको खुलासा भएको छ ।

यस पुस्तकमा लेखिका एमिली जेन पक्सलले राष्ट्रपनि डोनाल्ड ट्रम्प र उनको परिवारको बारेमा धेरै कुरा लेखेकी छिन् । उनले पुस्तकमा इभान्का किशोरावस्थादेखि नै मोडल बन्ने चाहना रहेको बताईन् ।

छोरीको मोडलिङलाई फाइदा पुगोस् भन्ने चाहनाले ट्रम्पले छोरी इभान्काले स्तन प्रत्यारोपण गरोस् भन्ने चाहेको थिए ।

मोडलिङका लागि वार्षिक ५० लाख रुपैयाँ खर्च गर्ने इभान्कालाई ट्रम्पले स्तन प्रत्योरोपणका लागि दवाव दिएपछि ट्रम्पकी बहिनी मेरियानले यसो गर्दा इभान्का बर्बाद हुने फोन मार्फत बताएकी थिईन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्