यौन खेलौनाको प्रवेशले सजिव यौनकर्मीको पेसा संकटमा



०७ असार २०७५, काठमाडौं

युरोपका विभिन्न शहरमा सञ्चालित यौनशालामा यौन खेलौनाले व्यापक रूपमा प्रवेश पाउन थालेपछि सजिव यौनकर्मीहरूको पेसा संकटमा परेको छ ।

यस्ता यौन खेलौनाले गर्दा अहिले युरोपेलीहरूको यौन रुचिमा समेत परिवर्तन देखा पर्न थालेको छ । स्पेनको बार्सिलोनामा हालसालै सञ्चालनमा आएको यौन पुलतीको यौनशाला लुमिडल महिला ग्राहकहरूप्रति लक्षित छ ।

केन नामको पुरुष पुतली राखेर महिला ग्राहकलाई अकर्षित गरिरहेको उक्त यौनशालामा अहिले अपेक्षा विपरीत पुरुष ग्राहकहरूको भीड लाग्न थालेको छ । युरोपका पुरुषहरूमा समलिंगी यौनसम्बन्ध राख्ने चाहना तीव्र रूपमा बढिरहेको छ तर उनीहरू विभिन्न कारणले सजीव पुरुषसँग त्यस्तो सम्बन्ध राख्दा बेइज्जत होला कि भन्ने शंका पनि गर्छन् ।

यस्तो अवस्थामा उनीहरू आकर्षक पुरुषका रूपमा निर्माण गरिएको केन डलसँग सम्बन्ध राखेर समलिंगी यौनसम्बन्धको स्वाद लिन चाहन्छन, जसका कारण महिलालाई लक्षित गरिएको यौनशालामा पुरुष ग्राहकहरूको भीड देखा परेको हो ।

प्रतिक्रिया दिनुहोस्