नेकपा प्रदेश १ को संसदीय दलको नेतामा राई चयन



१७ जेठ २०७५, बिराटनगर

प्रदेश नं १ अन्तर्गत नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री एंव पार्टीका केन्द्रीय सदस्य शेरधन राई चयन भएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबिचको पार्टी एकतापछि आज बसेको संसदीय दलको बैठकले राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो ।

यस अघि राई तत्कालीन एमालेका केन्द्रीय सचिव तथा प्रदेश १ का संयोजक भिम आचार्यलाई पराजित गर्दै एमालेको संसदीय दलको नेतामा बिजयी भएका थिए । संसदीय दलको नेतामा बिजयी भएसँगै उनी मुख्यमन्त्री बनेका थिए ।

त्यस्तै बैठकले संसदीय दलको उपनेतामा टंक आम्बुहाङलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्