प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई सम्मान



१६ जेठ २०७५, काठमाडौँ

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई नेपाली सैनिक प्रतिष्ठानले एकेडेमी हल अफ फेम को सम्मानबाट सम्मानित गरेको छ ।

विभिन्न देशहरुले आ-आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरु मध्ये उच्च पद हासिल गर्न सफल भएका व्यक्तिहरुको तस्वीरलाई हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नेपाली सैनिक प्रतिष्ठानमा पहिलो पटक ‘Academy Hall of Fame’ समारोह आयोजना गरिएको हो । यस अघि, प्रधानसेनापति श्री क्षत्रीलाई अमेरिकी सेनाको US Army Command and General Staff College ले आफ्नो College बाट प्रशिक्षित शिक्षार्थी नेपाली सेनाको प्रधानसेनापति जस्तो गरिमामय पदमा आसिन हुनु भएको सन्दर्भमा क्रमशः २०७३ बैशाख १४ र १६ गते International Hall of Fame Induction Ceremony द्वारा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्