सिन्धुलीको दुधौली नगरपालिकामा घरेलु उद्योग संचालन हुँदै



१४ जेठ २०७५, काठमाडौं

सिन्धुलीको दुधौली नगरपालिकामा जननिर्वाचित भएपछि विकास निर्माणको कामले तिब्रता पाईरहेको छ । सडक विस्तार देखि कलकारखाना र उद्योग धन्दा स्थापना गर्दै स्थानीय रुपमै रोजगारी सिर्जना गर्न नगरपालिकाले विभिन्न सहयोग गर्दै आइरहेको छ ।

दुधौली नगरपालिकाका विकट मानिने जिनाखु र अरुण ठाकुरमा पुग्ने मोटरबाटो निर्माणले तिब्रता पाएको छ । यसको साथै ढाका उद्योग तालिम र इट्टा उद्योग निर्माणले पनि गति लिएको जानकारी स्थानीय समाजसेवी तुलसी मगरले जनाए ।

नगरप्रमुखको प्रत्यक्ष निगरानीमा हुने परियोजनाहरु राम्रा रहेको प्रतिक्रिया स्थलगत अनुगमनपछि नगरप्रमुख घनश्याम राउतले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्