एसएसपी श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीको सवै राज खुल्ने : गोरेको बयान



०९ जेठ २०७५, काठमाडौँ

मंगलवार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्नुअघि छानबिन समितिसँगको बयानमा गोरेले आफू ठूलो सुन तस्कर नभएको र मुख्य मान्छे अरु नै रहेको बताएका छन् ।

अफुले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने काम मात्रै गरेको बताउने गोरेले बयानमा भनेका छन् -‘मेरा बारेमात्र धेरै कुरा आए। मलाई मुख्य मान्छे भनिएको छ, म नै ठुलो मान्छे होइन, मभन्दा माथि काम गर्ने अरू पनि छन्। उनीहरूको बारेमा पनि खोल्नु पर्छ।’

गोरेले बयानको प्रारम्भिक चरणमा नै एसएसपी श्याम खत्रीलाई पोलेका छन् । गोरेका अनुसार एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो कनेक्सस खुल्ने बताएका छन् ।  सुनकाण्डमा  एसएसपी श्याम खत्रीको संलग्नता देखिएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती गोरेलाई मङ्गलवार बिहान काठमाडौँ गौरीघाटबाट पक्राउ गरेको थियो । उनलाई मङ्गलवार नै सार्वजनिक गरे लगत्तै, जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्