
०८ जेठ २०७५, काठमाडौँ
सरकारको निर्णयलाई तुरुन्त सच्याउन आग्रह गर्दै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई संघिय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको ट्वीट गरेका छन् ।
प्रदेश-२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ। कारण जेसुकै भए/दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका/दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ!संघीय सरकारले तुरून्त निर्णय सच्याओस्!
— Baburam Bhattarai (@brb1954) May 22, 2018
उनले भनेका छन् कारण जेसुकै भएपनि सरकारले यस्तो गर्दा भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेशबीच शंका, दुरी बढाउनुको साथै प्रदेश र संघ बिच गलत नजीर समेत बसाल्ने उनको जिकिर छ ।