३३ किलो सुन काण्डका मुख्य नाइके “गोरे” पक्राउ



८ जेष्ठ २०७५, काठमाडौं

चर्चित ३३ किलो सुन काण्डका मुख्य नाइके अभियुक्त गोरे भनेर चिनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । पछिल्लो समयमा सुन डनको नामले पनि परिचिर गोरेलाई भारतको नया दिल्लीमा पक्राउ गरेको प्रहरी सोतले बताएको छ । गोरेलाई काठमाडौं ल्याइसकेको पनि प्रहरीले बताएको छ ।

यूएईबाट गत माघमा आएको ३३ किलो सुन गायाप भएपछि गोरेले आफ्ना पुर्व सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेका थिए । हत्या पछी फरार गोरेलाई प्रहरीले रेडकर्नर नोटिस समेत जारि गरेको थियो । दिल्लीमा रहेको सुक्ष्म सुचनाको आधारमा खोजि गरेर पक्राउ गरेको हो।

उक्त प्रकरण बिरुद्द मोरंग जिल्ला अदालतमा ६३ जना बिरुद्द मुद्दा चलिरहेको छ । गोरेले सनामको हत्या अघि दिएको पासविक यातनाको भिडियो यतिबेला भाइरल बनेको छ । गोरेलाई आझै पत्रकार सम्मेलन गरि सार्वजानिक गराउने पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्