संस्कृतिको संरक्षण गर्नुपर्छः नेता श्रेष्ठ



काठमाडौँ, १८ फागुन

तराई क्षेत्रमा घर भई हाल काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएकाहरुले आज यहाँ होली मनाएका छन् ।

बल्खु–तराई समाजले बल्खुमा आयोजना गरेको होली मिलन कार्यक्रममा उनीहरूले एकापसमा सद्भाव साटासाट गरेर खुशीयाली मनाए । सो अवसरमा नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले विविधताले भरिएको देशमा रहेका विभिन्न पर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै होली पर्वले सत्यको सदैव विजयी हुने सन्देश दिने  बताउनुभयो ।

समाजका अध्यक्ष हरिकान्त पाठकले संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष सो कार्यक्रम गरिँदै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्