नेपालका जंगली हरिण भारतमा भेटिन थाले



झापा, ११ माघ
संरक्षणमा ध्यान नदिँदा झापाका जंगलमा रहेका वन्यजन्तु भारत तर्फ जान थालेका छन् । भारतीय खुल्ला सीमाक्षेत्रसँग जोडिएका जंगलबाट वन्यजन्तु भारतमा भेटिन थालेका हुन् ।

भद्रपुर नगरपालिका–३ साविक पृथ्वीनगर क्षेत्रबाट भारततर्फ गएको एउटा जंगली हरिण भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय प्रहरीका अनुसार ठाकुरगञ्ज नजिक कुर्लिकोट स्थित तलब भिट्टा गाउँमा बुधवार बिहान एउटा जंगली हरिण फेला परेको थियो । नेपालबाट भारततर्फ गएको जंगली हरिण गाउँमा फेला परेपछि स्थानीयको भीड लागेको थियो ।

सो क्षेत्रमा भारतको जंगल नरहेकोले सीमा पारि झापाका वन बाटै हरिण त्यहाँ पुगेको बताइएको छ । झापाको जंगलबाट गएको हरिणको बारेमा भने झापाका वन कर्मचारी बेखबर छन् ।

प्रतिक्रिया दिनुहोस्