म हजार प्रतिशत युभेन्ट्समै बस्छु : रोनाल्डो



०८ बैशाख २०७६, काठमाडौं

विश्व फुटबलका खेलाडी तथा पोचुर्गिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबलमा नयाँ किर्तिमानी रच्न सफल भएका छन् ।

गएराती भएको  खेलमा फिओरिन्टिनाविरुद्ध २/१ को जित निकाल्दै रोनाल्डो को युभेन्ट्स यस सिजनको सिरी ‘ए’ च्याम्पियन बन्यो ।

रोनाल्डो युरोपको तीन महत्वपूर्ण र प्रतिष्ठित घरेलु फुटबल लिग ईङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालिएन सिरि एको उपाधि जित्ने पहिलो ऐतिहासिक खेलाडी बनेका हुन् ।

नयाँ इतिहास रचेसँगै रोनाल्डोले युभेन्ट्समा आफ्नो भविष्यको बारेमा प्रस्ट बताएका छन् । उनले आफूले युभेन्ट्स छाड्ने खबरहरु झुठो भएको पुष्टि गरेका छन् ।

उनले आफु युभेन्ट्मै बस्ने जनाएका छन् । “म हजार प्रतिशत युभेन्ट्समै बस्छु।” उनले भने ।

यसअघि गतहप्ता मात्र च्याम्पियन्स लिग क्वाटरफाइनलमा इटालिएन क्लब युभेन्ट्स डच टोली आयाक्स आ्याम्स्टरड्यामसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको थियो ।

युभेन्ट्सका प्रशिक्षक मासिमिलाइनो एलेग्रीले पनि रोनाल्डोले क्लब नछाड्ने दावी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्