निमार्ण भएको एक वर्षमै गौरीघाट– टुसाल सडकमा खाल्डाखुल्डी !



०६ बैशाख २०७६, काठमाडौ

गौरीघाट–टुसाल सडक कालोपत्र भएको एक वर्षमै खाल्डाखुल्डी पर्न थालेको छ ।

गुणस्तरीय काम नभएकोले १ वर्षमै सडक जीर्ण बनेको हो । तीन कि.मी.को यो सडकमा दर्शनभन्दा बढी खाल्डाखुल्डी परेको छ ।

तोकिएको समयभन्दा बढी समय लागेर बनेको यो सडक निर्माण भएको एक वर्षमै जीर्ण हुदाँ सर्वसाधारण वर्षामा हिलो र हिउँदमा धूलो खेप्न बाध्य छन् ।

निमार्ण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्नाले कमजोर सडक निमार्ण भएको हो ।

गत वर्षातमा यो सडक निमार्ण कार्य सम्पन्र भएको थियो ।

प्रतिक्रिया दिनुहोस्