८० करोड लिएर ‘डान्स इन्डिया डान्स’ को जर्जको रुपमा करिना कपुर फाइनल



०६ बैशाख २०७६, काठमाडौँ

करिना कपुर बलिउडकी परिचित नायिका हुन् । उनी आजभोली सामाजिक सञ्जालमा निकै चर्चामा आउन थालेकी छिन् । करिना अब छिट्टै नै एक रियालिटी शो मा जर्जको रुपमा देखिने भएकी छिन् । उनले जर्जको रुपमा काम गर्न लागेको यो पहिलो रियालिटी शो हो ।

करिना डान्स इन्डिया डान्स मा जर्जको रुपमा देखिन लागेकी हुन् । उनले यसको लागि निकै महंगो पारिश्रमिक पनि लिएकी छिन् । करिब ३ महिना चल्ने शो को लागि उनले ८० करोड लिने भएकी छिन् । यो निकै महंगो रकम हो । हुन पनि करिनाको फ्यान फलोइङ पनि लोभलाग्दो नै रहेको छ । त्यसैले उनले यति रकम लिनु स्वभाविकै हो ।

प्रतिक्रिया दिनुहोस्