नागरिक लगानीे कोष रकम राख्न बैंकको खोजीमा !



२९ चैत्र २०७५, काठमाडौं

नागरिक लगानी कोषले करोडौं रुपैँया राख्न बैंकको खोजी गर्न थालेको छ ।

सकारी तथा निजी कर्मचारीहरुको रकम बचत गर्दै आएको कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्रन बैंकको खोजी गरेको हो ।

कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी कार्य थालिएको कोषको लगानी महाशाखाले जनाएको छ ।

निक्षेपमा लगानी गर्न कोषले मापदण्ड तोकेको छ । महाशाखाका अनुसार, नेपाल राष्ट्र बैंकबाट “क” प्लस वर्गमा सूचीकृत बैंकले मात्र मुद्दति निक्षेपमा लगानी आवदेन दिन सक्नेछन् ।

कुल चुक्ता पुँजी ८ अर्ब पुर्याउन लागेको कोषले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन योग्यता पुगेका बैंकहरुलाई आह्वान गरको छ ।

प्रतिक्रिया दिनुहोस्