बूढानीलकण्ठ २ ले थाल्यो सार्वजनिक जग्गा संरक्षण अभियान



१२ चैत २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं. २ को चपली, सुन्दरबस्तीबाट सुरुवात गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी र वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काको विशेष सक्रियतामा स्थानीय महेश पोखरेलको संयोजकत्वमा गठित ७ सदस्यीय उपभोक्ता समितिले सार्वजनिक जग्गा संरक्षणलाई गति दिएको छ ।

करिव ४० लाख बिनियोजित बजेटबाट ५५ लाख सम्मको काम हुने वडाध्यक्ष खड्काले परिवर्तन खबरलाई बताए । नगर सल्लाहकार पुर्कुटीले वडा नं. २ ले थालेको सार्वजनिक जग्गा संरक्षण अभियान बूढानीलकण्ठ नगरपालिका भरी संचालनमा ल्याउने जानकारी गराए ।

  

 

प्रतिक्रिया दिनुहोस्