ट्रेलरमा यस्तो देखियो सलिनमान बनियाँको बहुप्रतिक्षित चलचित्र ‘यात्रा’ (भिडियो)



११ चैत्र २०७५, काठमाडौँ

चलचित्र ए मेरो हजुर २ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक सलिनमान बनियाँले पहिलो चलचित्रबाट नै नसोचेको सफलता हात पार्न सफल भए । अहिले उनी अनमोल र प्रदिपको कडा प्रतिस्पर्धीको रुपम परिचित छन् ।

सलिनमानको दोस्रो चलचित्र यात्रा यो बर्षको निकै प्रतिक्षित चलचित्र हो । चलचित्रको २ गीत र टिजर सार्वजनिक गरिसक्दा चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया समेत पाइरहेको छ । त्यस्तै भर्खरै मात्र चलचित्र यात्रा को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा हामीले भरपुर मनोरञ्जन, रोमान्स र एक्सन पनि देख्न सक्छौँ । चलचित्र यात्रा लाई सुशिल पोखरेलल निर्माण गरेका हुन् । त्यस्तै चलचित्रमा लेखन तथा निर्देशन सम्राट शाक्यको रहेको छ । चलचित्रमा सलिनमान बनियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, राजाराम पौडेल, रेअर राई, प्रेक्क्षा बज्रचार्य र नव नायिका मलिका महत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र यात्रा यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्