सलमानले कट्रिनालाई दिए ५० लाखको कार उपहार !



०७ चैत्र २०७५, काठमाडौँ

पछिल्लो समयमा बलिउडमा पूर्व प्रेमीप्रेमिका रहेका सलमान र कट्रिना फेरि नजिकिएको चर्चा छ । हुन त यो चर्चा चल्नु पनि स्वभाविकै हो । यतिबेला सलमान र कट्रिना चलचित्र भारत का कारण धेरैजसो समय अर्कासँगै रहेका हुन्छन् । त्यसैले पनि यस्तो भनिएको हुनुपर्छ ।

भर्खरै मात्र नायिका कट्रिना कैफले ५० लाखको कार जोडेकी छिन् । तर उक्त कार उनलाई सलमानले गिप्ट दिएको बताइएको छ । केही समय अघि सलमानले ४ वटा कार किनेका थिए । जसमध्ये एउटा उनले कट्रिनालाई गिफ्ट दिएको बताइएको छ ।

यो कुरा कत्तिको साचोँ छ । त्यो भने सलमान र कट्रिनालाई नै थाहा हुनुपर्छ । तर अहिले जताततै सलमानले कट्रिनालाई कार गिफ्ट दिएको हल्ला चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्